उपाध्यक्ष शान्ति नाथ सहित चार जना विरुध्द भ्रष्टाचार मुद्दा दायर सवै जना स्वतः निलम्वन

bimbonline बिम्ब अनलाइन
२०८२ मंसिर २६ १९:०० बजे
शान्ति नाथ उपाध्यक्ष वेलडाँडी गाँ.पा. कञ्चनपुर

काठमाण्डौ । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा आज दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यक्ष नाथसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सब–इन्जिनियर जय कुँवर र असिस्टेन्ट सब–इन्जिनियर तेजबहादुर सुनारविरुद्ध  विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गत स्थानिय निर्वाचनमा उनी नेपाली काग्रेस पार्टी वाट उम्मेदवार भएर वेलडाँडी  गाँउपालीकाकी उपाध्यक्षमा निर्वाचित भएकी हुन। भ्रष्टचारको मुद्दा दायर हुने वितिकै उनी स्वतः निलम्वन हुने कानुनी व्यवस्था रहेको छ।

उनीहरूले एकआपसमा मिलेमतो गरी निर्माण नै नगरेको जग्गामा घर छ भनी नक्सा अभिलेखीकरण तथा घर प्रमाणित गर्ने लगायतका गलत कागजात तयार पार्न लगाउने काम गरेको पाइएपछि मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो 


२०८२ मंसिर २६ १९:०० बजे

प्रतिक्रिया