डडेल्धुरा। प्रविधिको सहि प्रयोग गरौँ : लैङ्गिक हिँसा अन्त्य गरौ भन्ने मुलनारा सहित अमरगढी नगरपालीकाको आयोजना र जिल्ला स्तरिय विभिन्न सँघ सँस्थाको सहभागीमा यहि मसिर ९ गते देखि सञ्चालन गरिएको १६ दिने लैङ्गक हिँसा विरुध्दको अभियान निरन्तरुपमा विभिन्न कार्यक्रम गर्दै आज समापन भएको महिला तथा वालवालिका शाखा प्रमुख इन्द्रा रावलले बिम्ब अनलाईन लाई वताएका छन।
डडेल्धुराको तुफानडाडा चोकमा व्यानर सहित जम्मा भएका सहभागीहरुले नारा जुलुस सहित तुफानडाडा देखि अमरगढी नगरपालीकाको कार्यालयको प्राङगणमा पुगेर सभामा परिणत भएको थियो।
समापन कार्यक्रको अध्यक्षता अमरगढी नगरपालीकाका उपप्रमुख पार्वती झुकाल सञ्चालन सामाजिक शाखा प्रमुख लालवहादुर साउद स्वागत महिला तथा वालवालिका शाखा प्रमुख इन्द्रा रावले गर्नुभएको थियो। कार्यक्रमका अथितिमा अंमरगढी नगरपालीका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रशाद उपाध्याय अन्य अथितिहरुमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रतिनिधि र विभिन्न सँध सँस्था प्रतिनिधि रहेका थिए।
मसिर ९ गते देखि सञ्चालन भएको लैङ्गक हिँसा विरुध्दको १६ दिने कार्यक्रम यस नगरपालीका भरी सचेतनामुलक कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएको वताउदै नगर उपप्रमुखलले कार्यक्रमको समापन गर्नुभएको थियो।
प्रतिक्रिया