सुस्त मनस्थितिकी किशोरीलाई गर्भवती वनाएको आरोपमा एक किशोर पक्राउ

bimbonline बिम्ब अनलाइन
२०८२ मंसिर २३ १९:२३ बजे

अछाम। सुस्त मनस्थितिकी किशोरीमाथि जबरजस्ती करणीबाट गर्भ रहेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ढकारी गाउँपालिकाका १९ वर्षीय पुष्प साउँद छन् ।

पीडित पक्षले आरोपित किशोरविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएसँगै किशोरलाई उनको घरबाटै नियन्त्रणमा लिएको अछाम प्रहरी प्रहरी प्रमुख ओमप्रकाश खनालले जानकारी दिनुभयो ।ढकारी प्रहरी चौकीबाट खटिएका प्रहरीले साउँदलाई नियन्त्रणमा लिएर अछाम प्रहरी कार्यालयमा ल्याएर आवश्यक कानुनी प्रक्रिया र अनुसन्धान थालिएको अछाम प्रहरीको भनाइ छ ।

प्रहरी प्रमुख खनालका अनुसार किशोरीलाई पेट दुख्ने समस्या भएपछि आफन्तले जिल्ला अस्पतालमा शुक्रबार स्वास्थ्य परीक्षणपछि पेटमा २९ हप्ताको गर्भ रहेको तथ्य बाहिरिएको हो । आफन्तले सोधपुछका क्रममा पीडित किशोरीलाई गत जेठ १४ गते आरोपित किशोरले फकाएर लिई गाउँकै खर्कभित्र जबरजस्ती करणी गरेको बताइएको छ । गोरखापत्र अनलाईन



२०८२ मंसिर २३ १९:२३ बजे

प्रतिक्रिया