एचआइडीसीएलको संस्थापक सेयर चौथो पटक लिलामीमा

एचआइडीसीएलको संस्थापक सेयर चौथो पटक लिलामीमा

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १३ ०८:२७ बजे
एचआइडीसीएल

काठमाडौं। हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले भदौ २० गतेबाट २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता संस्थापक सेयर चौथोपटक लिलामीमा राखेको छ । यसअघि कम्पनीले तेस्रो पटकसम्म लिलामीमा बिक्री खुला गर्दा नबिकेपछि फेरि लिलामीमा ल्याएको  हो । यस लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने एचआइडीसीएलले जनाएको छ । 

 बोलपत्र पेश गर्ने म्याद असोज ४ गतेसम्म तोकिएको छ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिनेछ । यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिने छ  

बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ । यसमा न्यूनतम १०० कित्तादेखि  अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

२०७९ भदौ १३ ०८:२७ बजे

प्रतिक्रिया