जनकारवाहिका नाममा अनुहारमा मलमुत्र दले

कुनै सँगठन वा कम्युनिष्टका नाममा गरिने यस्ता हर्कतहरुले असल क्रान्तिकारीहरु लाई पनि वदनाम गराउनुका साथै अनआस्था सृजना गराउने छ।

bimbonline बिम्ब अनलाइन
२०८२ मंसिर २२ १८:५१ बजे

धमेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट युवा संगठनले राष्ट्रिय आवास कम्पनीका हाकिमलाई मलमुत्र दलेको छ । कम्युनिष्ट युवा संगठनको पाँच नम्बर ब्युराले पुनर्वास अधिकृत महेन्द्र थापालाई कार्यकक्षमै पुगेर मलमुत्र दलेको हो ।

भ्रष्टाचार गर्नेलाई अहिले सम्म जनता परिचालित गरेर कालोमोसो दल्ने राजनितिक परम्परा भएपनि यसरी मान्छेको अनुहारमा मान्छेकै मलपुत्र दलेको यो पहिको घटना हो। कुनै पनि राजनितिक सँगठन र कम्युनिष्टका नाममा गरिने यस्ता हर्कतहरुले  असल क्रान्तिकारीहरु लाई पनि वदनाम गराउनुका साथै जनताको नजरमा घृर्णा पनि सृजना गराउने छ।राजनितिक सँगठनले आफ्नो वर्ग र जनतालाई अस्वाकार्य काम गर्दा राजनितिक रुपमा मलमुत्र लगाउने नै नाङधिने एव वदनामित हुने छन।

अधिकृत थापाले पुनर्वास कार्यक्रममार्फत् अबौँ रुपैयाँ अनियमितता गरेको र जग्गा हिनामिना गरेको संगठनको दावी छ । उनीहरुले जनकारवाहीको कारण खुलाउँदै भनेका छन्, ‘जनताको नाममा लुटपाट गर्नेहरूलाई अब केवल कागजी फाइलले होइन, जनकोपले भन्दा धेरै कडा तरिकाले जवाफ दिनुपर्ने बेला आएको छ ।’आगामी दिनहरूमा अन्य भ्रष्ट, कमिसनखोर र दलाल पात्रहरूलाई पनि क्रमिक रूपमा जनकारबाहीको दायरामा ल्याइने संगठनको चेतावनी छ ।



२०८२ मंसिर २२ १८:५१ बजे

प्रतिक्रिया