बाजुराका एक बालक धनगढीबाट बेपत्ता

bimbonline बिम्ब अनलाइन
२०८२ मंसिर १३ ०८:३६ बजे

धनगढी। बाजुराका एक बालक धनगढीबाट बेपत्ता भएका छन् । बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ७ स्यालकाटियाका अन्दाजी १६ वर्षीय लोकराज जैशी बेपत्ता भएका हुन् ।

अध्यनको सिलसिलामा प्रदेश राजधानी धनगढी उपमहानगरपालिका–१ शिवनगर बस्दै आएको जैशी गत मंसिर ९ गते मध्यान्ह १२ बजे कोठाबाट निस्किएका थिए । कोठाबाट निस्किएको दिनदेखि उनी बेपत्ता छन् ।उनी धनगढीस्थित पन्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययरत थिए । उनको खोजी कार्य भइरहेको भए पनि कुनै अत्तोपत्तो छैन । हराएको दिनदेखि खोजिरहेको भए पनि फेला नपरेको बेपत्ताका आफन्त महेश जैशीले बताए । उनका अनुसार बेपत्ता बालकको खोजीको लागि प्रहरी समक्ष निवेदनसहित खोजतलासको लागि आग्रह गरिएको छ ।

बेपत्ता जोशीलाई कोही कसैले भेटाएमा सम्पर्क नम्बर ९७६८४९२४००, ९७६६९७०८२१२ र ९७६६५५८७६५ सम्पर्क गरी सहयोग गरिदिन हुन आफन्तले आग्रह गरेका छन् ।खोजीमा सहयोग गर्न अपिल गर्दै जिल्ला प्रहरी कार्यालय धनगढी, कैलालीमा समेत जानकारी गराइएको छ । तर बालकको खोजी कार्य जारी भए पनि अहिलेसम्म भेटाउन सकिएको छैन् ।



२०८२ मंसिर १३ ०८:३६ बजे

प्रतिक्रिया