काठमाण्डौ । सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ । यो कूल जीडीपीको झन्डै ४५ प्रतिशत हो । आन्तरिक ऋण १२ खर्ब ७५ अर्ब र बाह्य ऋण १४ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ ।
गएको असारदेखि कात्तिकसम्म सार्वजनिक ऋण ५५ अर्ब ३६ करोड रुपैयाँले बढेको छ । गएको असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो । गएको असोजको तुलनामा कात्तिकसम्म तिर्न बाँकी सार्वजनिक ऋण बढेको छ ।
गएको असोजसम्म तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ थियो । सार्वजनिक ऋणमध्ये आन्तरिक १२ खर्ब ७५ अर्ब ९६ करोड (जीडीपीको २०.८९ प्रतिशत) र बाहृय १४ खर्ब ५३ अर्ब ४५ करोड रुपैयाँ (जीडीपीको २३.८० प्रतिशत) रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।गएको चार महिनामा १ खर्ब ३८ अर्ब ७५ करोड ऋण प्राप्ति हुँदा एक खर्ब ५० अर्ब ८८ करोड ऋण भुक्तानी भएको छ ।
प्रतिक्रिया