डडेल्धुरा।डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा नं ८ मा पर्ने स्याल्चौडि मन्दिर स्थानिय तहले वेवास्ताका कारण ओझेलमा परेको छ। डडेल्धुरा भित्री मधेसमा पर्ने स्याल्चौडि मन्दिरमा फागुन महिनामा पर्ने महाशिवरात्रीका दिन हजारौं श्रदालु भक्तजनहरु मेला हेर्न आउछन्। तर स्थानिय तह आलीताल गाँउपालीकाले कुनै चासो नदिँदा स्याल्चौडि क्षेत्रको बिकास हुन सकेको छैन।
स्याल्चौडि मन्दिरमा भेटि बापत चढाएको दान रकम दुरुपयोग भएको जनगुनासो रहेकोछ। मन्दिरको हिसाब किताब नै अपारदर्शी रहेको स्थानिय वासिन्दाले वताएका छन। मेला सन्चालन भएको दसकौ भइसक्यो तर केहि बर्ष यताको हिसाब किताब मात्र समिति सँग छ । त्यो भन्दा पहिलेको रकम बिभिन्न ब्यक्तिहरुको नाममा बेरुजु रहहेको छ। साथै हालको समिति दर्ता नभएकोले मन्दिरको बैङ्क खाता समेत समितिको नाममा नभएको हुँदा भेटि बापत चढ्ने रकम समितिका ब्यक्तिहरुले व्यक्तिगत रुपमा राखेको वताइन्छ।
यस्ले गर्दा समितिको बैधानिकता माथि नै प्रश्न उठेकोछ। कानुनले दर्ता बिना कुनै पनि मठ मन्दिर दान भेटि चन्दा उठाउनु कानुन अनुसार अबैध मानिन्छ। तर स्थानीय सरकारले किन कानुन अनुसार दर्ता प्रक्रियामा स्थाल्चौडि क्षेत्र बिकास समिति लाई ल्याउन सकेको छैन। धेरै मानिसहरुले आर्थिक पारदर्शिता , समितिको बैधानिकता र स्थानीय तहको वेवास्था प्रर्ति ब्यापक असन्तुष्टि व्यक्त गरेका छन्।
प्रतिक्रिया