आलीतालमा ट्याक्टर दुर्धटना हुदा एक जनाको निधन केहि घाइते

bimbonline बिम्ब अनलाइन
२०८२ मंसिर १ १३:५२ बजे
मृतक भरत राउत

डडेल्धुरा।हिजो राति करिब १० बजे तिर गोदाम देखि वडा नं ५ जाने क्रममा आलिताल गाउँपालिका नजिक भे १ त ७८५४ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ ५ जना घाइते भएका थिए।

एकजना गम्भीर घाइते  अन्य चार जना सामान्य घाइते भएका थिए। गम्भीर घाइतेलाई उपचारका लागि जोगबुढा अस्पताल लगेकामा  गम्भीर घाइते आलिताल ८ द्वालि खेत बस्ने भरत राउतको जोगबुढा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले वताएको छ।

ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको थियो।  दुर्घटना हुदा  ट्याक्टर पल्टिएर ट्याक्टर मुनि च्यापिएर भरत राउतको मृत्यु भएको हो। अन्य चार जना सामान्य घाइते भएको वताइन्छ।

                                 आलीतालमा दुर्घटनाग्रस्त ट्याक्टर                                                                                                                                                  

२०८२ मंसिर १ १३:५२ बजे

प्रतिक्रिया