आलीतालको मौरीपुल सजाएर आर्कषक प्रर्यटकीय गन्तव्य वन्यो

bimbonline बिम्ब अनलाइन
२०८२ कात्तिक ३० १८:१७ बजे

डडेल्धुरा। डडेल्धुरा जिल्ला  आलिताल गाउँपालिका वडा नं ३ र ८ जोड्ने मौरि झोलुङ्गे पुलमा आज आलितालका युवाहरुले धोजा पतका सहित राष्ट्रिय झन्डाले सजि सजावट गरेका छन्।

आलिताल युवा समाजका अध्यक्ष नबिन बिष्टले आर्थिक सहयोगको अपिल गरि स्थानीय युवाहरुको सक्रियतामा आज पुल सजाउने काम भएको हो। पुलको सजावट सँगै स्थानीय पर्यटनको घुम्न लायक उत्कृष्ट गन्तव्य हुने अध्यक्ष बिष्टले बताउनु भयो। साथै आज पुल सजाएर घुम्न लायक आकर्षक ठाउँ बनाएको भन्दै स्थानीय व्यापारीहरुले धन्यवाद दिदै आर्थिक सहयोग समेत रहेका थिए।


२०८२ कात्तिक ३० १८:१७ बजे

प्रतिक्रिया