आलीताल क्षेत्रमा शिवको मुर्ति राखीने

मुर्ति जनश्रव्रदान वाट राखीने छ।

bimbonline बिम्ब अनलाइन
२०८२ कात्तिक २९ १४:५१ बजे
शिवको मुर्तिको फोटो

डडेल्धुरा। डडेल्धुरा जिल्लाको आलीताल गाउँपालीकामा रहेको आलीताल क्षेत्रमा ५५ फिटको शिव मुर्ति राखिने भएको छ।

केहि महिना पहिले मुर्तिकार महेन्द्र पुनले जन श्रमदान बाट आलीतालमा मुर्ति राख्ने भन्दै शिव मुर्ति ल्याएका थिए। तर आलीताल गाउँ कार्यपालिका र मुर्तिकार बिच सोहि बिषयमा बिबाद भएपछि मुर्ति गोदामको घुम्ती बजारमा मै अलपत्र परेको थियो।

तर केहि दिन अघि मात्रै आलीताल गाउँपालिकाले मुर्ति राख्ने सहमति दिएपछि अब आलीतालमा शिब मुर्ति राखिने पक्का भएको छ। शिव मुर्ति राखिने भएसँगै यस क्षेत्रमा धार्मिक पर्यटकको पनि ठुलो सम्भावना बढ्ने छ। साथै मुर्तिकार महेन्द्र पुनले जन श्रमदान बाट मुर्ति राख्नुपर्ने भएकाले सबैले आ-आफ्नो ठाउँबाट सकेको सहयोग गर्न अपिल गरेका छन्। मुर्ति राख्ने कार्य सबै सँग सरसल्लाह गरेर अबको केहि दिनमा हुने पुनले बिम्ब अनलाईन लाई बताएका छन्।

२०८२ कात्तिक २९ १४:५१ बजे

प्रतिक्रिया