जाजरकोटमा बाढीपहिरोले मकै खेतीबाली गम्भीर क्षेती

जाजरकोटमा बाढीपहिरोले मकै खेतीबाली गम्भीर क्षेती

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १२ २१:२० बजे
मकै खेतीबाली गम्भीर क्षेती

काठमाडौं । अत्यधिक वर्षापकाराण  आएको बाढीपहिरोले जाजरकोटको नलगाड नगरपालिका( ४ माँझगाउँमा  मकै खेतीमा क्षेतीपुगको छ  ।  

फुलचाउँली मायाडाडाँबाट भलपानी गाउँ पसेर नाउला खोलामा पहिरो गएको हो। पहिरोले स्थानीय केशबवहादुर रावल, पलबहादुर रावल, जयबहादुर रावल, लोकेन्द्र रावल र धनबहादुर रावलको जग्गामा लगाएको मकैबालीमा क्षेती  पुर्याएको छ ।

पहिरोले केशब रावलको चर्पि, चल्लाखोर, किबी, अलैंची, कागती, सुन्तला लगाएतका फलफूलका बिरुवा  क्षेती पुर्याएको छ । अध्यक्ष पन्तका  अनुसार पाक्नै लागेको मकै पहिरोले सखाप पारेको छ  ।  पहिरोले मकै सखाप पारेपछी कृषक  चिन्तीत बनेका छन्।  

गाउँमाथि रहेको वन क्षेत्र अतिक्रमणको चपेटामा परेको तथा जथाभावी सडक खन्दा खहरे खोलामा बाढी आएको हो। 

यसबाट पुरै गाउँ जोखिममा पर्ने खतरा बढेको छ। देवताथान र मायाडाडा गरी दुई स्थानबाट बाढी आएको स्थानीय कालिबहादुर थापाले बताएका छन्।

२०७९ भदौ १२ २१:२० बजे

प्रतिक्रिया