काठमाण्डौ । झुप्रो छोडे पनि खोप्रो सँ-सँगै भन्ने नेपाली उखान कतार दोहामा देखिएको छ। नेपालीहरुले देश छोडेर कामको खोजीमा कतार पुगे पछि आफ्नो स्वभाव शैली आनीवानी काम गर्ने तैरतरिका परिवर्तन नगर्दा कतारमा रहेको नेपाली दूतावासले सेवा लिन आउने नेपालीलाई भीडभाड र हो–हल्ला नगर्न आग्रह गर्नका लागी सार्वजनिक सुचना नै निकाल्नु पर्ने अवस्था आएको छ । दूतावासले आज सूचना निकालेर दूतावास वरपर रहेका भवनका बासिन्दाले बारम्बार गुनासो गरेका भन्दै अनावश्यक भीडभाड गर्ने, ठूलो स्वरमा कुराकानी तथा हो–हल्ला गर्ने काम नगर्न भनेको हो ।
राजदूतावासको कार्यालय परिसरबाहिर बिहान ५ बजेदेखि नै सेवाग्राहीहरू भेला भइदिने, खुला ठाउँमा लामो समयसम्म गाडी पार्किङ गर्ने, ठूलो स्वरमा कुराकानी तथा हो–हल्ला गर्ने कामले राजदूतावासको छिमेकमा रहेका बासिन्दाहरूलाई असहजता परेको भनी बारम्बार गुनासो आइरहेको दूतावासले सूचनामा उल्लेख गरेको छ ।दूतावासले सेवा लिन आउनेलाई बिहानको ८ बजेमात्र आइपुग्न भनेको छ ।
.png)
प्रतिक्रिया