काठमाण्डौ। नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष प्रा.डा. जगदीश चन्द्र भण्डारीले आज एक वक्तव्य जारी गर्दै शुसिला कार्की सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले एउटा विज्ञप्ति मार्फत विश्वविद्यालयमा क्रियाशील वैचारिक प्राज्ञिक सङ्गठनमाथि अनर्गल आक्षेपसहित प्रतिबन्धित गरिएको सूचनाले सङ्गठनको ध्यानाकर्षण भएको वताएका छन ।
वक्तव्यमा अगाडी भनिएको छ- विविध कालखण्डमा विश्वविद्यालयमा संलग्न प्राध्यापकहरुले निरङ्कुश वा अन्य किसिमका विचार विमर्शलाई अवरोध ठान्ने फासिवादी प्रवृत्तिका सत्ताविरुद्ध प्राज्ञिक बहसअनुसन्धान , राष्ट्रियता, सार्वभौमिक अखण्डता र स्वतन्त्रताको पक्षमा गहन मत निर्माण गर्दै आएका छन।सभ्य समाज स्थापनामा महत्त्वपूर्ण भूमिका वहन गरेका छन्।
विगत गणतन्त्र स्थापना पूर्व र पश्चात् सत्तारुढ सम्बध दलाल मनोवृत्तिका केही तत्वहरुबाट विश्वविद्यालयको गरिमालाई ध्वंस गर्ने तरिकाबाट सामर्थ्यवान, सक्षम , विज्ञ , निःस्वार्थ व्यक्तिभन्दा दलका मानिसहरुलाई प्राथमिकता दिई विश्वविद्यालयलाई मध्यकालीन शासनका मौजा जस्तो बनाएको कुरालाई सङ्गठनले विरोध गर्दै आएको थियो।फेरि पनि के सार्वभौमिक सत्य हो भने प्राज्ञिक सङ्गठनहरुलाई समाप्त पार्ने कुनै तानाशाही साँचो अहिलेसम्म दुनियाँमा बनेको छैन र त्यस्तो बनाउन र लगाउन खोजिएको हो भने त्यस्ता सोच र साधन भाँचिएको इतिहास दुनियाँ सामु छ।यसर्थ हाम्रो सङ्गठन कार्कीका सहयोगी मार्फत आएको वक्तव्य तुरुन्त खारेज गरी विश्वविद्यालयलाई पुराना वा नयाँ दुवैको हस्तक्षेपबाट मुक्त गरियोस् भन्ने माग गर्दछ भनि वक्तव्यमा उल्लेख गरेका छन।
प्रतिक्रिया