काठमाण्डौ।चुनाव धाँधली गर्नका लागी वम वनाउने लागाएका मजदुरहरुको कार्यस्थलमा नै वम विष्फोटन भई केहिको मृत्यु भएको केहि घाईते भएका थिए। घाइतेहरुले पोल खोलिदिन्छन भनेर जिउदै मान्छेलाई नजिकैको इट्टा भट्टामा हालेर मारेको आरोपमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई अदालतले दोषि ठहर गरी जेल सजाय भोगी रहेको समयमा राष्टपतिले माफिमिनाह अन्तगत छुटेका आलम छुटेको दिन देखि विरामी भएर अस्पताल भर्ना भएका थिए। उनको हिजो मृत्य भएर शव रौतहट पुर्याइएको छ ।
काठमाडौंको केएमसी अस्पतालमा लामो समयदेखि उपचाररत रहेका आलमको शनिबार बिहान निधन भएको हो । उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि गृहजिल्ला रौतहटको क्षेत्र न .२ राजपुर फरहदवामा ल्याइएको छ ।उच्च रक्तचाप, सुगर लगायत स्वास्थ्यमा समस्या देखिएपछि आलमलाई एक महिना अघिदेखि अस्पतालमा भर्ना गरिएको थियो ।
काठमाडौं मेडिकल कलेज (केएमसी))मा उपचारका क्रममा आलमको शनिबार बिहान निधन भएको नेपाली कांग्रेस रौतहटले जनाएको छ । आलमको पैत्रिक गाउँमा पार्थिव शरीर आइपुगेको छ ।आलमका दुई छोरा र एक छोरी छन् । जेठो डा. फिरदोस र कान्छो डा. राजिक हुन् । राजिक अहिले राजपुर नगरपालिकाका नगरप्रमुख छन् ।
प्रतिक्रिया