बाजुरामा गत शनिबार बस दुर्घटनामा परी घाइते भएका बैतडीका २७ वर्षीया सहचालक गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ ।गत शनिबार बुढीनन्दा नगरपालिका –७ को सेरकाटियानजिक बस दुर्घटना परी घाइते हुनुभएका जोशीलाई जिल्ला अस्पताल बाजुरामा ल्याएको थियो । उहाँलाई थप उपचारका लागि धनगढी पठाउने बेलामा गाडीमा राख्दा राख्दै उहाँको मृत्यु भएको हो ।
उहाँ सुप्र ०१००१ ख ३१८१ नम्बरको बस को सहचालक हुनुहुन्थयो । सो बस हिजो कोल्टीदेखि मार्तडी हुँदै धनगढी जाँदै गरेका बेला दुर्घटना हुँदा उहाँ घाइते हुनुभएको थियो । बस सडकमै पल्टिँदा उहाँलगायत अन्य ६ जना घाइते भएका थिए ।घाइते छ जनालाई थप उपचारका लागि कैलालीको नवजीवन अस्पतालमा लगिएको छ । उहाँहरुको अहिले उपचार भइरहेको छ । उहाँको अवस्था अहिले सामान्य रहेको सुदूरपश्चिम यातायात बाजुराका उद्धार समिति सदस्य रामचन्द्र गिरीले बताउनुभयो ।
बस दुर्घटनामा बडिमालिका –७ का ४२ वर्षीया शङ्रराज सार्की ३२ वर्षीया जयराज जैशी, बुढीनन्दा –१ का ५३ वर्षीया सेते लुहार ५३ वर्षीया जङ्गवीर सार्की र ४४ वर्षीया जयलाल विक र गौमुल गाउँपालिका –६ का २१ वर्षीया चालक तुलाराम सार्की घाइते हुनुभएको थियो । उहाँको थप उपचारका लागि कैलालीको नवजीवन अस्पतालमा लिएको र उहाँहरुको अहिले त्यहाँ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गगन भाटले बताउनुभयो ।
प्रतिक्रिया