सबै जनतालाई घर दिएर अफ्रिकाको सबैभन्दा धनी देश बनाएका गद्धाफीको क्रुर ह’त्या गरेका लिवियालीहरू अहिले ध्वस्त भएको देश हेर्दै पुरानो गद्धाफीलाई सम्झेर धुरुधुरु रुन्छन्।मुअम्मर गद्धाफी जतिबेला लिवियाका शासक थिए त्यतिबेला लिविया अफ्रिकाका सबैभन्दा धनी देशमा गनिन्थ्यो।
गद्धाफी सत्तामा आएपछि लिवियामा विदेशी कम्पनीहरुको नियन्त्रणमा रहेको ठूला तेल भण्डार राष्ट्रियकरण गरेर सरकारको नियन्त्रणमा ल्याए।जसकारण लिवियाको अर्थतन्त्र निकै बलियो हुदै गयो।गद्धाफीको शासनकालमा देश भित्र ठूलो मात्रामा सामाजिक सुधार भयो।सामाजिक सुधार अन्तर्गत लिवियामा साक्षरता दर २० प्रतिशत बाट बढेर ८० प्रतिशतसम्म पुग्यो।महिलाहरुलाई पनि शिक्षा र रोजगारीमा अधिकार दिइयो।स्वास्थ्य-शिक्षा निःशुल्क गरियो।
गद्धाफीले घर नहुने गरिबका लागी निःशुल्क आवास योजना कार्यक्रम ल्याएका थिए।जुन सफल कार्यान्वयन पनि भएको थियो।लिवियामा सरकारको आफ्ने स्टेट बैंक थियो।जुन बैंकबाट गरिबले विना ब्याजमा ऋण पाउॅंने गर्दथे।उज्यालोमा बस्न पाउॅंने प्रत्येक नागरिकको अधिकार हुन्छ भन्ने भावना गद्धाफीमा थियो।जसकारण विजुलीको प्रयोग गरे बापत लिवियालीले कुनै पनि शुल्क तिर्न पर्ने थिएन।लिवियाली नागरिकले निःशुल्क विजुली बाल्थे।
तत्कालीन समयमा नव विवाहित जोडी प्रत्येकलाई ५० हजार डलर इनाम दिइन्थ्यो।व्यवसायिक रुपमा कृषि पेशा अपनाउॅंन चाहने लिवियालीहरु लाई कृषिको लागी चाहिने जमीन,बीउ,कृषि उपकरण,कृषि घर र प्राविधिक सहयोग सबै निःशुल्क उपलब्ध गराईन्थ्यो।तेल इश्वरको वरदान हो।यो कुनै कम्पनी या व्यक्तिको मात्र होइन भन्ने धारणा गद्धाफीको थियो।जस कारण विक्री भएको तेलको एक प्रतिशत रकम ब्यक्तिको खातामा सिधैं जान्थ्यो।
गद्धाफीको शासनकालमा दैनिक उपभोग्य सामान निकै सस्तोमा पाईन्थ्यो।पानी भन्दा पेट्रोल सस्तो भन्ने भनाई नै थियो।निजी सवारीसाधन किन्नको लागी अनुदान र सस्तो कर्जा पाईन्थ्यो।कर्णेल गद्धाफी आफ्ना हरेक जनतालाई खुशी र सुखी देख्न चाहान्थे।अशिक्षित जनता कहिल्यै स्वतन्त्र हुन सक्दैनन् भन्ने धारणा भएको कारण २० प्रतिशत साक्षरता दर भएको अवस्थालाई बढाएर निःशुल्क शिक्षाको अवधारणा ल्याएर साक्षरता दर असी प्रतिशत सम्म पुराएका थिए।प्रत्येक जनता स्वाभलम्बी,शिक्षित र राष्ट्रबादी होउन् भन्ने चाहना गद्धाफीको थियो।
गद्धाफीले लिवियालीलाई विदेशी नभई आफ्नै स्वदेशी उत्पादन प्रयोग गर्न प्रेरित गर्थे।उनी जनतालाई भिखारीको रुपमा नभई मालिकको रुपमा देख्न चाहान्थे।स्वतन्त्रता,लोकतन्त्र र मानव अधिकारको माग राखेर भएको आन्दोलनले गद्धाफीको ४२ बर्षे लामो शासनको अन्त्य भयो।जस्मा गद्धाफीको क्रुर समेत ह’त्या भयो।गद्धाफीको ह’त्या भएको आज १४ बर्ष बितिसकेको छ।
संयुक्त राष्ट्र सङ्घको मानव विकास सूचाङ्कअनुसार सन् २०१० मा लिविया अफ्रिकामा पहिलो स्थानमा थियो।विश्वका १९४ देश मध्ये लिविया ५३ औं स्थानमा परेको थियो।अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकका तथ्याङ्क अनुसार सन् २०१० सम्म लिबियाको कुल बाह्य ऋण लगभग शून्य थियो।गद्धाफीका पालामा ५३ औँ स्थानमा रहेको देश आज तल झरेर ९२ औं स्थानमा पुगेको छ।
गद्धाफीको पालामा लिवियामा अपराध दर एकदमै कम थियो। रोजगारी लगायत धेरै कुरामा प्रशस्त अवसर भएको देश आज युद्ध,विभाजन र अपहरणको देश बनेको छ।आज लिवियालीहरू मानव त’स्करको पछि लागेर युरोपका देशमा गएर शरणार्थी जीवन बाचिरहेका छन्।लिवियालीहरू आज गद्धाफीको सुधार,विकास र विदेशी ऋण रहित समृद्ध लिविया अनि सम्झेर पछुताउॅंदै धूरूधूरु रोइरहेका छन्।
प्रतिक्रिया