दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो

bimbonline बिम्ब अनलाइन
२०८२ कात्तिक ८ ११:३३ बजे

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेतमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

बिहान लटिनाथबाट सार्सीका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६६२ नम्बरको जीप दुर्घटना हुँदा जीपधनी ३४ वर्षीय करबिरसिंह ठगुन्नाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिनुभयो ।

दुर्घटना हुँदा जीप कसले चलाएको थियो र कसरी दुर्घटना भयो भन्नेबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।


२०८२ कात्तिक ८ ११:३३ बजे

प्रतिक्रिया