काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवाद उत्कर्षमा पुगेपछि प्रदेश प्रमुखको कार्यालयको सुरक्षा गर्न सेना परिचालन गरिएको छ । मधेस प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले सुरक्षा चुनौती बढेपछि सुरक्षाका लागि सेनालाई आग्रह गरिएको बताए ।
पाँच दलको समर्थनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्र सोनलले सरकारमा दाबी पेस गरेका छन् । यस्तै, कांग्रेस–एमाले गठबन्धनबाट कृष्ण यादवले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।दुवै समूहले मुख्यमन्त्री बनाउन दबाब दिएपछि उत्पन्न विवादका कारण सुरक्षार्थ सेना परिचालन गरिएको यादवले बताए ।
नेताहरूका अनुसार, जनमत पार्टी विभाजनपछि अहिलेको अवस्था सिर्जना भएको हो । जनमतको संस्थापन पक्षले सोनलको पक्षमा समर्थन जनाइसकेको छ । तर, जनमतकै अर्को पक्षमा नेताकार्यकर्ताले हिजोमात्र निर्वाचन आयोगमा जनस्वराज पार्टी दर्ता गराइसकेका छन् ।
जनमत विभाजित भएपछि मधेसको मुख्यमन्त्री नियुक्तिको विषय पेचिलो बनेको छ । यसअघि, जनमतबाट मुख्यमन्त्री बनेको सतिशकुमार सिंहले मंगलबार मात्रै पदबाट राजीनामा दिएका थिए ।
प्रतिक्रिया