पूर्वउपकुलपति भण्डारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा संगीता भण्डारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमआरआई मेसिन खरिदमा भ्रष्टाचार भएको दावी गर्दै मुद्दा दायर गरेको हो ।
मेसिन खरिदमा १२ करोड रुपैयाँ भ्रष्टाचार गरेको विशेष अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ । यस प्रकरणमा भण्डारीसहित १३ जना प्रतिवादी छन्।भण्डारी पूर्वमन्त्री शरतसिंह भण्डारीकी बहिनी हुन्
प्रतिक्रिया