बालेन र सुधनविरुद्ध धमाधम जाहेरी

bimbonline बिम्ब अनलाइन
२०८२ असोज २२ १८:०३ बजे

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह र ‘हामी नेपाल’ नामक एनजिओका संस्थापक सुधन गुरुङविरुद्ध प्रहरीमा अर्को जाहेरी परेको छ । 

सिन्धुलीका युवराज सफल पौडेलले आज काठमाडौँ प्रहरी परिसर पुगेर जाहेरी दिएका हुन् । उनले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै जाहेरी बुझाएर फर्किएको बताएका छन् । जाहेरी दर्ता भयो वा भएन भन्नेबारे चाहिँ केही खुलाएका छैनन् । 

एक प्रहरी अधिकृतका अनुसार जाहेरीमा बालेन र सुधनमाथि राजद्रोहको कसुरमा अनुसन्धान गर्न माग गरिएको छ । प्रहरीले उक्त जाहेरी जेनजी प्रदर्शनको घटनामाथि छानविन गर्न गठित जाँचबुझ आयोगलाई पठाउने र आयोगकै निर्णयअनुसार थप कारवाही अघि बढाउने तयारी गरेको बताएको छ । 


२०८२ असोज २२ १८:०३ बजे

प्रतिक्रिया