महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशमा पनि वर्षाको प्रभाव देखिएको छ।प्रदेशका धेरै स्थानमा बादल लाग्ने र कतिपय स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ।
विशेषगरी पहाडी जिल्लाहरूमा पहिरो र बाढीको जोखिम उच्च रहने भएकाले सतर्क रहन आग्रह गरिएको छ।तराईका भागमा पनि निरन्तर झरी पर्ने भएकाले नदी-नालामा पानीको बहाव बढ्न सक्ने अनुमान छ।बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभावले देशभर वर्षाको असर देखिएको छ राजधानी काठमाडौँमा रातभर निरन्तर झरी परेपछि खोलानालामा पानीको बहाव बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ।कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा, लुम्बिनी प्रदेशका तराई भूभागका एक(दुई स्थानमा भारी वर्षा हुने र मधेश, बागमती तथा गण्डकी प्रदेशका केही भूभागमा धेरै भारी वर्षा हुने अनुमान गरिएको छ।
प्रतिक्रिया