काठमाडौं। दशैं नजिकिएसँगै काठमाडौं उपत्यका छोड्ने यात्रुको संख्या बढेको छ। स्कुल–कलेजमा बिदा सुरु भएपछि उपत्यकाका विभिन्न बसपार्कमा बिहानैदेखि यात्रुको भीड लाग्ने गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार घटस्थापनादेखि हालसम्म करिब १ लाख ३८ हजार २९६ जना उपत्यका छाडिसकेका छन्।यसवर्ष विभिन्न कारणले अग्रिम टिकट बुकिङ खुल्न नसके पनि एक दिन अगाडिको टिकट लिने व्यवस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। सो कारण गोंगबु बसपार्कमा टिकट लिनेमध्ये पनि यात्रुको भीड बढेको छ।
हाल गोंगबु नयाँ बसपार्क, माछापोखरीस्थित धादिङ बसपार्क, कोटेश्वर, कलंकीसहितका चोकहरूमा उपत्यका छोड्ने यात्रुको चाप बढ्दो क्रममा छ।
प्रतिक्रिया