थामीयन सेयर बजारको ओरालो यात्रा: ३३.३६ अंकको पहिरो

थामीयन सेयर बजारको ओरालो यात्रा: ३३.३६ अंकको पहिरो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १२ १५:४९ बजे
सेयर बजार

काठमाडौं ।  गत हप्ता सामान्य अंकले  ओरालो लागेको  सेयर बजार परिसुचक नेप्से आज  साताको पहिलो दिन ( आइतबार) उच्च अंकले ओरालो लागको छ ।  आज नेप्से ३३.३६ अंकले ओरालो लागको हो ।  

नेप्से आज १.६५ प्रतिशतले ओरालो लागको  हो ।  आज  नेप्से ओरालो लागे सँगै  १९८९.२९ बिन्दुमा पुगेको छ ।

आज २२४ कम्पनीका ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँमा किनबेच भएको छ । 

सेन्सेटिभ इन्डेक्स १.५४ प्रतिशतले घटेर ३८५.७० को बिन्दुमा झरेको छ । १३ वटा उपसमूहमध्ये १२ वटा उपसमूहको समूहगत सूचक घटेका छन् । आज म्युचुअल फन्डको मात्र समूहगत सूचक ०.५३ प्रतिशतले बढेको छ ।

२०७९ भदौ १२ १५:४९ बजे

प्रतिक्रिया