लुटिएको हतियारसहित चार जना पक्राउ

bimbonline बिम्ब अनलाइन
२०८२ असोज ८ १३:४३ बजे

जेनजी आन्दोलनको क्रममा काठमाडौँमा लुटिएको हतियारसहित कैलाली प्रहरीले चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटेको प्रहरी टोलीले दुई वटा पेस्तोल र त्यसको गोलीसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गौरीगङ्गा नगरपालिका–१ का २२ वर्षीय हिमाल आचार्य, वडा नम्बर ३ का १९ वर्षीय आभाष चन्द, १९ वर्षीय समीर खड्का र २२ वर्षीय जिवेश सापकोटा रहेका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले बताउनुभयो । 

उहाँका अनुसार प्रहरी प्रधान कार्यालय अपराध महाशाखाबाट आएको सूचनाको आधारमा खटेको प्रहरी टोलीले समीरको घरबाट एक थान पेस्तोल, म्यागजिन एक थान र २८ राउन्ड गोली बरामद गरेको छ । 

त्यस्तै, आभाषको साथबाट एकथान रिभल्वर पेस्तोल बरामद गरेको जनाइएको छ । जेनजी आन्दोलनको क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट हतियार लुटेकोे खुलेको चन्दले बताउनुभयो । 


२०८२ असोज ८ १३:४३ बजे

प्रतिक्रिया