पाल्पामा १४ वर्षीय छोराले गरे बुवाको हत्या

पाल्पामा १४ वर्षीय छोराले गरे बुवाको हत्या

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १२ १५:३८ बजे
बुवाको हत्या

 काठमाडौं ।  पाल्पामा बुवाको हत्या गरेको आरोपमा  छोरा पक्राउ परेका छन् ।  प्रहरीले  बुवाको हत्या गरको  आरोपमा १४ वर्षीय बालकलाई पक्राउ गरेको हो ।  

शनिबार राति करिब ८ बजे माथागढी गाउँपालिका(४ नेटा बस्ने १४ वर्षीय बालकले आफ्नै ४५ वर्षिय बुवा तिलबहादुर मगरको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताएका छन् । 

उनीहरूबीच गए राति झगडा भएको थियो। त्यसक्रममा चिर्पटले तिलबहादुरको टाउकोमा हिर्काएका र चिर्पट प्रहारबाट गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार  घटनाबारे  अनुसन्धान  भइरहेको  छ ।  

उनको उमेर प्रमाणित गरी कानुनी कारबाही अघि बढाउने प्रहरी नायब उपरीक्षक थापाले बताएका छन् ।  शवको पोष्टमार्टम गर्न जिल्ला अस्पताल पठाइएको छ।

२०७९ भदौ १२ १५:३८ बजे

प्रतिक्रिया