बैतडी। जेनजी प्रदर्शनका कारण बन्द रहेका सरकारी कार्यालय, विद्यालय र सङ्घसंस्था पूर्ववत् सञ्चालनमा फर्किएका छन्। प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार कार्यालय खुलेसँगै सेवाप्रवाह पनि सुरु भएको छ।प्रजिअ पौडेलले भने, “कार्यालय खुले पनि सेवाग्राहीको संख्या कम छ। आगजनी र तोडफोडका कारण मानिसहरू अझै सतर्क देखिन्छन्।”
दोगडाकेदार गाउँपालिका, शिवनाथ गाउँपालिका र सिगास गाउँपालिका कार्यालयहरू पनि सञ्चालनमा आएका छन्। स्थानीय तहले नियमित सेवा प्रदान गरिरहेको छ।विद्यालयहरू पनि खुला भइसकेका छन्। रौलेश्वर मावि कफलकोटका प्रधानाध्यापक नरेन्द्र भाटका अनुसार पठनपाठन नियमित भैरहेको छ र बालबालिकाको उपस्थिती सामान्य छ।
प्रहरी प्रवक्ता बलराम पाण्डेयले जनजीवन अब सामान्य भएको र जिल्लाका कार्यालय, बजार र सङ्घसंस्था खुलेको जानकारी दिए।
प्रतिक्रिया