चिनियाँ युआन अमेरिकी डलरको विकल्प बन्दै

bimbonline बिम्ब अनलाइन
२०८२ भदौ १६ १७:४० बजे

चिनियाँ मुद्रा युआन ब्रिक्सको रिजर्भ करेन्सी बन्ने प्रक्रियामा अघि बढिरहेको छ। यसले अमेरिकी डलरको प्रभुत्वलाई चुनौती दिने विगतका चर्चालाई मूर्त रूप दिन थालेको छ।

रूस र ब्राजिल तेल तथा अन्य वस्तु व्यापारमा युआन प्रयोग गर्ने प्रमुख राष्ट्र बनेका छन् । चीनले आधिकारिक रूपमा युआनलाई रिजर्भ करेन्सी बनाउन आग्रह नगरे पनि, सन् २०२३ र २०२४ का ब्रिक्स शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपतिले व्यापार,भुक्तानी र केन्द्रीय बैंकको रिजर्भमा युआनको प्रयोग बढाउन सुझाव दिएका थिए ।

रूसमाथि अमेरिकी प्रतिबन्ध लगाइएपछि ब्रिक्सभित्र व्यापार भुक्तानी युआनमै गर्न चीनले सुविधा दिएको थियो । भारतले केही समय युआन प्रयोग गरे पनि पछि बन्द गर्यो । त्यससँगै चीनले ब्रिक्सको विकास बैंकमार्फत युआनमा ऋण प्रवाह गर्न थालेको छ । हालसम्म पाकिस्तान,श्रीलंका र थुप्रै अफ्रिकी मुलुकहरूले युआनमै ऋण प्राप्त गरेका छन्।विश्वका पाँच उदाउँदा अर्थतन्त्रहरू ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकाको समूहलाई ब्रिक्स भनिन्छ । सन् २००९ मा गठन भएको यस संगठनले आर्थिक सहकार्य, वैकल्पिक वित्तीय संरचना र अन्तर्राष्ट्रिय राजनीतिमा विकासशील राष्ट्रहरूको आवाजलाई सशक्त बनाउन भूमिका खेलेको छ ।

ब्रिक्सको लक्ष्य अमेरिकी डलर–निर्भर विश्व अर्थतन्त्रलाई चुनौती दिँदै सदस्य राष्ट्रहरूबीच व्यापार र लगानीमा स्थानीय मुद्राको प्रयोग बढाउनु हो ।



२०८२ भदौ १६ १७:४० बजे

प्रतिक्रिया