डडेल्धुरा । केआईसिंह राजमार्गको डडेल्धुराको रडुवाखण्डमा पहिरोका कारण अवरुद्ध भएको छ।गन्यापधुरा गाउँपालिका–२ रडुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।
अविरल वर्षाका कारण सोमबार बिहन करिब ८ः२५ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भई आवतजावत ठप्प भएको जिल्ला प्रहरी कार्यालयले डडेल्धुराले जनाएको छ।
राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेको छन्। डडेल्धुरामा लगातार भारी वर्षा भइरहेकाले सडक खुलाउन अझै केही समय लाग्ने ट्राफिक प्रहरी दीपक बलायर जानकारी दिए। पहिरो हटाउने प्रयास भइरहेको छ।
यस्तै भीमदत्त राजमार्गका विभिन्न ठाउँमा ढुङ्गा खसिरहेको र पहिरोको उच्च जोखिम रहेको बताइन्छ। अहिले भिमदत्त राजमार्गको भत्काडा खण्डमा अविरल वर्षाका कारण पहिरो गएको हुदा यातायात पुर्ण रुपमा अवरुध्द भएको छ।
प्रतिक्रिया