काठमाण्डौ । वर्षासँगै खसेको पहिरोले बैतडीको सुर्नया गाउँपालिका–२ चौपातामा एक घर पुरिएको छ । हिजो घर माथिबाट खसेको पहिरोले स्थानीय गिरिस चन्दको दुईतले १२ कोठे घर पुरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले घर पुरिँदा ९० वर्षीया गोदावरी चन्द गम्भीर घाइते भएको जानकारी दिनुभयो । घरभित्र पुरिएकी उहाँको उद्धार गरी जिल्ला अस्पताल ल्याइएकामा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा ‘रेफर’ गरिएको प्रवक्ता पाण्डेयले बताउनुभयो ।पहिराले घरको गोठमा रहेका १३ पशुसमेत पुरिएर मरेका छन् ।रासस
प्रतिक्रिया