कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम, महाकाली नदी सतर्कता नजिक

bimbonline बिम्ब अनलाइन
२०८२ भदौ १६ १०:१७ बजे

काठमाडौं । वर्षासँगै देशका केही सानाठूला नदीमा आज (भदौ १६) पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

कैलाली र कञ्चनपुरमा आकस्मिक बाढीको ‘उच्च’ जोखिमको सम्भावना औँल्याइएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।दार्चुला, डडेलधुरा, बैतडी, बझाङ, डोटी, बाजुरा, अछाम, हुम्ला, दोलखा, सिन्धुपाल्चोक र रामेछाप भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको उच्च सम्भावना रहने महाशाखाको अनुमान छ ।

ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रसुवा, धादिङ, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर गोरखा, लमजुङ, तनहुँ र बर्दियामा आकस्मिक बाढीको मध्यम जोखिमको ‘मध्यम’ सम्भावना रहने महाशाखाको पूर्वानुमान छ ।महाकाली नदीको बहाव सतर्कता आसपास रहेको महाशाखाले जनाएको छ ।



२०८२ भदौ १६ १०:१७ बजे

प्रतिक्रिया