जनकपुरमा रेल र कार ठोक्किए

bimbonline बिम्ब अनलाइन
२०८२ साउन २६ १३:३३ बजे

जनकपुरधाम । जनकपुरमा रेल र कार एक आपसमा ठोक्किएका छन् । जनकपुरको थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्रदेश ०१-२५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार भांगहाबाट जनकपुरतर्फ जाँदै गरेको अवस्थामा सोही क्रममा थापाचोकतिरबाट जानकी मन्दिरतर्फ जान लागेको कारले लिक क्रस गर्न खोजेपछि रेलसँग ठोक्किएको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।


२०८२ साउन २६ १३:३३ बजे

प्रतिक्रिया