दाङ, बाँके र बर्दियामा डुबानको जोखिम, उच्च सतर्कताका अपनाउन मौसम विभागको आग्रह

bimbonline बिम्ब अनलाइन
२०८२ साउन २१ ०९:२९ बजे

काठमाण्डौ । पछिल्लो ६ घण्टामा दाङ, बाँके र बर्दियामा ठूलो पानी परेको छ । दाङको तुलसीपुर, अम्बापुर, जलकुन्डी, बाँकेको पश्चिम राप्ती, सिक्टा तथा बर्दियाको मानपुर वर्षामापन केन्द्र र आसपासमा ठूलो पानी परेकाले ती क्षेत्र भई बहने बबई नदी, पश्चिम राप्ती नदी, डुडुवा खोलालगायत अरु ससाना खोलाहरुमा आकस्मिक बाढीको जोखिम बढेको छ।

साथै होचो भूभागमा डुबानको जोखिम रहेकोले उच्च सतर्कताका साथ सुरक्षित ठाउँमा बस्न जल तथा मौसम विभागले आग्रह गरेको छ ।आज दिउँसो लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने विभागले जनाएको छ । 

 


२०८२ साउन २१ ०९:२९ बजे

प्रतिक्रिया