युके। विटिस गोर्खा भुतपुर्व सैनिक सँगठन (विगेसो)को दक्षिण वेलायत शाखाले एक विशेष समारोहको आयोजना गरेर नव सदस्यहरु लाई विगेसोले स्वागत तथा सदस्यता प्रमाण पत्र प्रदान गरेको विगेसोका महासचिव अविन नाल्वोले २७ जुलाइ २०२५मा एक प्रेस विज्ञप्ति निकालेर जनाएका छन।
नवसदस्यहरुमा वकिल जोइन्द्र आङवुहाङ उहाँ लाई दक्षिण वेलायतको सल्लाहकारको जिम्मा,यसोदा लावती आङवुहाङ उहाँ लाई महिला विभागको सल्लाहकारको जिम्मा देविराज थक्लुङ लाई सदस्यको जिम्मा प्रमिला लिम्वु कमला राई लाई महिला विभाग सदस्यको जिम्मा दिइएको वक्तव्यमा जनाएको छ।
कार्यक्रममा अविन नाल्चो महासचिव चन्दरमाया निङलेखु उपाध्यक्ष अल्डरसट शाखा सान्तिमाया राई सह कोषाध्यक्षको विशेष उपस्थिति अध्यक्ष पदम सुन्दर लिम्वुको प्रमुख आथिति रहेका थिए। कार्यक्रममा ३० जना भन्दा वढी सदस्यहरुको उपस्थिति रहेको जनाएको छन।विगेसोको वेलायतका विभिन्न स्थानमा सँगठन विस्तारको काम तिव्ररुपमा भइरहेको विगेसोका अध्यक्ष लिम्वुले विम्व अनलाइन लाई वताएका छन।
प्रतिक्रिया