धनगढी। सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार छुट्टाछुट्टै दुई गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको छ। मंगलवार कैलालीको चिसापानीमा आयोजना भएको कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना लम्कीमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार से १ झ ३३० र बा २ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएका हुन् ।
दुबै गाडीमा क्षति पुगेपनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए। ठक्करबाट बा २ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको छ । यस्तै से १ झ ३३० नम्बरको गाडीको अगाडिपट्टिको भागमा क्षति पुगेको छ ।
से १ झ ३३० गाडीमा मन्त्री सुरेन्द्र पाल र बा २ झ १४१९ नम्बरको गाडीमा मन्त्री हिरासिंह सार्की सवार रहेको खुलेको छ । हिरासिंहको गाडी सुरेन्द्र पालको भन्दा अगाडि रहेको थियो । उनको गाडीमा पछाडि रहेको पालको गाडी ठोक्किएको थियो । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया