नेपालको सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । २०७८ सालमा भएको जनगणनानुसार यो ऋण भाग लगाउँदा प्रति व्यक्ति ९१ हजार रुपैयाँभन्दा धेरै हुन आउँछ ।
आर्थिक वर्ष २०८० र ८१ को अन्तिमसम्म २४ खर्ब ३८ अर्ब सार्वजनिक ऋण रहेकोमा गएको आर्थिक वर्षमा दुई खर्ब ३१ अर्ब रुपैयाँ ऋणको दायित्व बढेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।सरकारले गएको वर्ष ५ खर्ब ४७ अर्ब ऋण उठाउने लक्ष्य राखेकोमा ४ खर्ब ५६ अर्ब रुपैयाँ ऋण उठाएको छ । गएको वर्ष २ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको सावाँ फिर्ता भएको छ । यसमध्ये ४८ अर्ब ५६ करोड वैदेशिक ऋण र आन्तरिक ऋणको २ खर्ब ४३ अर्ब ९१ करोड रुपैयाँ सावाँ फिर्ता भएको हो ।
अहिले सरकारले तिर्नुपर्ने ऋणमध्ये आन्तरिक ऋणको दायित्व १२ खर्ब ६३ अर्ब र बाह्य ऋणको दायित्व १४ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया