एकता समाजले गर्यो बालश्रमिक लक्ष्मण बोहराको उद्दार

bimbonline बिम्ब अनलाइन
२०८२ साउन ८ २०:३२ बजे
फोटोमा एकता समाजका महासचिव महेन्द्र वस्याल विचमा आफ्नो वुवासँगै लक्ष्मन वोहरा

 चेन्नई । गिरीचौका गाउपालीका वार्ड नंबर ९ डोटी जिल्लामा घर भएर भारतको होसुरमा कार्यरत परी बोहराका १७ बर्षीय छोरा लक्ष्मण बोहरा चेन्नईको टिनगरमा अबस्थित एक रेष्टुरेन्टमा काम गरिरहेका थिए।

अचानक २६ जुन २०२५ का दिन बाल बच्चा संरक्षण समितिले बाल श्रमको नियम विरूद्ध कार्य गरेकोले गिरफ़्तार गरी चेन्नईको रायपुरममा अबस्थित चिल्ड्रेन होममा राखेको रहेछ। छोरा गिरफ़्तार भएको खबर पाए पछि छोरालाइ मुक्त गर्न ३ पटक चेन्नई आएका तर छोरा निकाल्नु त  परको कुरा भयो भेट्न समेत दिएका पाएका थिएन्न।

एक दिन टिनगरमा हिडेको बेला एक जना नेपालीलाई वालकका वुवाले भेटेर आफ्नो पिडा बताएछन। ति नेपालीले यो काम त एकता समाजका मान्छे महेन्द्र बस्यालले गर्छ भनेर महेन्द्र वस्यालको नम्वर दिएछन। त्यस पछि वालकका वुवा परी बोहराले कुनै नेपालीको  सहयोगमा महेन्द्रलाई फोन गरेर आफ्नो सबै घटनाको विवरण सुनाएका  थियो। त्यो समयमा म हैदराबाद जान परेकोले उक्त काम तुरंतै हुन सकेन ।

एकता समाजको कार्यव्यवस्ताका कारण केहि समय पछि  नेपाली राजदूत लाई परि बोहराको नाम बाट निवेदन लेखे पछि राजदूत बांट पत्र आयो र दिनांक २३ जुलाई २०२५ का दिन अखिल भारत नेपाली एकता समाजको सहयोगमा लक्ष्मण बोहरा लाइ चेन्नईको चिल्ड्रेन होम बाट उद्दार गरि वालकको वुवा परी बोहरालाई  जिम्मा लगाएको छ।

तमिलनाडुमा यस्ता घटना धेरै भएका छन। अखिल भारत नेपाली एकता समाजले पटक पटक उद्धार गर्दै घर पठाउदै गरेको समाजका महासचिव महेन्द्र वस्यालले विम्व अनलाईन लाई वताएका छन।  एकता समाजको सम्पूर्ण  नेपाली अभिभावकहरू संग  अनुरोध गर्दै  पढ्ने वेलाका बालबच्चाहरूलाई सके सम्म बाल श्रमबाट जोगाइ पढाइ लेखाइमा लगाउइ वालवच्चाको भविश्य सुनिश्चित गर्न आग्रह गरेको छन। एकता समाज सामाजिक सँगठन भए पनि  नेपालमा रहेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट सँगठन मानिदै आएको छ।


२०८२ साउन ८ २०:३२ बजे

प्रतिक्रिया