वीरगञ्ज। वीरगञ्ज नाका हुँदै एक वर्षमा करिब १ खर्ब ९२ अर्ब रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। त्यसबाट वीरगञ्ज भन्सार कार्यालयले ८१ अर्ब रुपैयाँ राजस्व सङ्कलन पनि गरेको छ।
गत आर्थिक वर्ष २०८१ र ८२ मा वीरगञ्ज नाका हुँदै १ खर्ब ९१ अर्ब ८८ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ ९डिजेल, पेट्रोल, एलपी ग्यास, एटीएफ र मट्टितेल ०आयात भएको हो।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा ९९ अर्ब ९५ करोड रुपैयाँ मूल्य बराबरको ११ लाख ४९ हजार ५२१ किलोमिटर डिजेल र ३८ अर्ब ७२ करोड रुपैयाँ मूल्य बराबरको चार लाख ५३ हजार ८६४ किलोमिटर पेट्रोल आयात भएको हो।
यस्तै गत आर्थिक वर्षमै ३६ अर्ब ३७ करोड रुपैयाँ मूल्य बराबरको ३१ करोड ८९ लाख २४ हजार ६८४ किलोग्राम एलपी ग्यास,१६ अर्ब १४ करोड रुपैयाँ मूल्यको एक लाख ८० हजार ६६३ किलोमिटर एटिएफ, ६९ करोड रुपैयाँ मूल्य बराबरको ७ हजार ९३० किलोमिटर मट्टितेल आयात भएको हो।
वीरगञ्ज भन्सार नाका हुँदै अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा भने १ खर्ब ९३ अर्ब ८१ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ ९डिजेल, पेट्रोल, एलपी ग्यास, एटिएफ र मट्टितेल० आयात भएको थियो।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार, गत आर्थिक वर्षमा आयात भएका पेट्रोलियम पदार्थबाट वीरगञ्ज भन्सार कार्यालयले ८० अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा भने वीरगञ्ज भन्सार कार्यालयले पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब ४० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो थियो।
वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा पेट्रोलियम पदार्थको आयात घटेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक लामिछानेले बताए।उनका अनुसार, गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा १ अर्ब ९४ करोड रुपैयाँ कम मूल्यको पेट्रोलियम पदार्थ आयात भएको बताए।
पेट्रोलियम पदार्थको आयात घटे पनि त्यसबापत सङ्कलन हुने राजस्व भने बढेको उनले बताए। लामिछानेले पेट्रोलियम पदार्थको आयातबाट हुने गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा १० दशमलव २३ प्रतिशत अर्थात् ७ अर्ब ५१ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको जानकारी दिए।
लामिछानेले गत आर्थिक वर्षमा वीरगञ्ज भन्सारमा सबैभन्दा धेरै राजस्व सङ्कलन पेट्रोलियम पदार्थकै आयातबाट गरिएको बताए। उनका अनुसार, भन्सार कार्यालयको राजस्व सङ्कलनमा पेट्रोलियम पदार्थ, नयाँ सवारीसाधन, औद्योगिक कच्चा पर्दाको योगदान बढी हुने गरेको छ।
प्रतिक्रिया