महावीर पुनले उपहार पाएको घडि बिक्रीमा : ४ लाख दिने सम्म भेटिए

महावीर पुनले उपहार पाएको घडि बिक्रीमा : ४ लाख दिने सम्म भेटिए

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ११ १८:४४ बजे
महावीर पुन
काठमाडौं । राष्ट्रिय आविष्कार  केन्द्रका संस्थापक महावीर पुनले आफूले उपहारमा पाएको घडी पनि बिक्रीका लागि राखेका छन् । उनले बिक्रिका लागि  राखिएको  घडीको  ठुलो मूल्य  दिने मान्छे पनि  पाइएको बताएका छन् ।  घडी बेच्नुको कारण आर्थिक अभाव हो कि भन्ने परश्नमा भने उनले त्यसो नभएको बताएका छन्।   उनले यसअघि पनि  आफूले पाएको  ठुलो पुरस्कार बिक्री गरिसकेका छन् । 

उनले  घडि बेचेको पैसा आविष्कार केन्द्रमा जाने  र यसले अनुसन्धानमा सहयोग पुग्ने बताएका छन् ।  उनले एक  अन्तर्वार्तामा त्यो विश्व प्रख्यात कम्पनी रोयल एक्स कम्पनीको  घडी भएको बताएका छन् ।  उनले आफूलाई त्यो घडीको ३०-४०  लाख पर्ने कुरा पनि थाहा नभएको बताएका छन् । उनले अहिले त्यो घडिको ४ लाख सम्म दिने मान्छे आएको बताएका छन् । 

उनले आविष्कार केन्द्रमा  आफूहरूले केही नसिकाउने र आफूले  आएर काम गर्नु पर्ने बताएका छन् । उनले भने 'आविष्कार केन्द्र भनेको शिक्षा दिने केन्द्र होइन् यसले खाली काम गर्ने वातावरण मात्रै बनाइदिएको  हो । यो विद्यालय  जस्तो होइन् ।' उनले  अहिले सरकारले आविष्कार केन्द्रलाई सहयोग  नगरेको  तर आफु भने सरकारले  आविष्कार केन्द्रलाई नै सहयोग  गरोस्  भन्ने नभएको पनि बताए। तर सरकारले यस्तै  विभिन्न  ठाउँमा आविष्कार केन्द्र खोल्नुपर्ने उनको भनाइ छ।
२०७९ भदौ ११ १८:४४ बजे

प्रतिक्रिया