डडेल्धुरा। स्वास्थ्य बिमा बोर्डले सुदूरपश्चिमको एक मात्र संघीय अस्पतालका रूपमा रहेको डडेल्धुरा अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाएको छ।बिमा बोर्डले प्रथम सेवा विन्दुमा नराखेपछि डडेल्धुरा अस्पतालले त्यस प्रकारको सेवा प्रदान गर्न नसकिने जनाएको छ।
उपरोक्त सम्बन्धमा स्वास्थ्य बिमाले यस डडेल्धुरा अस्पताल डडेल्धुरालाई प्रेषण केन्द्रको रूपमा मात्र सूचीकृत गरेको हुँदा साउन १ गतेदेखि यस अस्पतालले प्रथम सेवा विन्दुको रूपमा सेवा प्रवाह गर्न नसकिने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ। डडेल्धुरा अस्पतालका निमित्त मेसु नरेन्द्रकुमार खनालद्वारा जारी सूचनामा भनिएको छ।
सूचनाअनुसार अबदेखि डडेल्धुरा अस्पतालमा सिधै गएर बिमाको सेवा लिन नमिल्ने भएको छ। सेवा लिन चाहने बिमितहरूले स्थानीय तहका सूचीकृत स्वास्थ्य संस्थाबाट रेफरल सिफारिस अनिवार्य रूपमा लिएर जानुपर्नेछ। डडेल्धुरामा केवल परशुराम नगरपालिकाको जोगबुढा अस्पताल मात्र प्रथम सेवा विन्दुका रूपमा तोकिएको छ।
विमाको सुविधा लिन चाहने डडेल्धुरा जिल्ला भरिका सेवाग्राहिले डडेल्धुरा जिल्लाको भित्रिमदेश जोगवुडामा रहेको अस्पताल वाट शुरुसेवा लिएर डडेल्धुरा अस्पतालमा रिफर भएर आए पछि मात्र विमा सुविधा प्राप्त हुने छ। डडेल्धुराका परशुराम नगरपालीका वाहेक अन्य पालीकाका सेवाग्राहिका लागी वेपाइका कारण जोगवुडा अस्पातलामा शुरु सेवा लिएर पुन डडेल्धुरा अस्पतालवाट सेवा लिन असम्भव अव्यवहारीक भएको छ। धुमाउरो पारामा विमा वोर्डले स्वास्थ्य विमाको सेवा सहज शुलभ दिन अस्वाकार गरेको देखिन्छ।
प्रतिक्रिया