धनुषामा प्रहरी र तस्करबीच झडप, सात सशस्त्र प्रहरी घाइते

bimbonline बिम्ब अनलाइन
२०८२ असार २० ०८:५७ बजे

काठमाडौं । धनुषाको विदेह नगरपालिका–२ वैदेहीमा प्रहरी र तस्कर समूहबीच झडप भएको छ । बिहीबार साँझ ७ बजे भएको झडपमा सातजना सशस्त्र प्रहरी घाइते भएका छन् । 

“वैदेहीको दुहबीस्थित नेपाल–भारत सीमानजिक भिडन्त हुँदा सातजना सशस्त्र प्रहरी घाइते हुनुभएको छ,” जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वजरुणबहादुर सिंहले वताएकाछन, “घाइतको अवस्था सामान्य रहेको छ ।” 

भिडन्तमा चार राउन्ड गोली र १३ सेल अश्रु ग्यास प्रहार भएको उनले जानकारी दिए । “शंका लागेर प्रहरीले सीमा क्षेत्रका घरमा खानतलास लिँदा तस्करहरूले आक्रमण गरेका हुन्,” डीएसपी सिंहले भने, “तस्करहरू कोही पनि नियन्त्रणमा छैनन् ।” 



२०८२ असार २० ०८:५७ बजे

प्रतिक्रिया