कैलालीबाट १२ जना जुवाडे पक्राउ

bimbonline बिम्ब अनलाइन
२०८२ असार ८ १५:४५ बजे

धनगढी। धनगढी उपमहानगरपालिका-७ मनेहरास्थित न्यु लामिछाने कन्ट्रक्सनभित्र जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ३१ वर्षीय सन्तोष कामी समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २६ हजार २ सय ८० नेपाली रुपैयाँ, ३ हजार भारतीय रुपैयाँ, ४ गड्डी तास र १३ थान मोबाइलसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


२०८२ असार ८ १५:४५ बजे

प्रतिक्रिया