डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

bimbonline बिम्ब अनलाइन
२०८२ असार ६ १५:२७ बजे

सिलगढी। डोटीको आदर्श गाउँपालिका –१ मौवामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्काका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

मौवाबाट सायल गाउँपालिका तर्फ जान लागेको जिप करिब २५० मिटर तल खसेको  खड्काले बताए । जिपमा ८ जना सवार मध्ये दुई जनाको मृत्यु भएको हो । ६ जना घाइते भएका छन्। त्यसमध्ये ३ जना गम्भीर घाइते भएका छन् ।  तीन जनाको मौवामै उपचार भइरहेको छ भने केहीलाई डडेल्धुरा अस्पतालमा पठाइएको खड्काले बताएछन । 


 


२०८२ असार ६ १५:२७ बजे

प्रतिक्रिया