पाकिस्तानको खैबर पख्तुनख्वा सरकारले जारी गयो आपत्‌कालीन एडभाइजरी

bimbonline बिम्ब अनलाइन
२०८२ वैशाख २४ १२:५५ बजे

काठमाडौं । भारतीय आक्रमणलाई ध्यानमा राख्दै पाकिस्तानको खैबर पख्तुनख्वा सरकारले आपत्‌कालीन एडभाइजरी जारी गरेको छ । खैबर पख्तुनख्वा सरकारले जिल्ला प्रशासन कार्यालयलाई विद्यालय, सामुदायिक हल र मस्जिदसहित आश्रयस्थल पहिचान गर्न र तयार गर्न निर्देशन दिएको छ 

उनीहरूलाई अन्य सावधानीका उपायका साथै राहत सामग्री भण्डारण गर्न पनि निर्देशन दिइएको छ । एम्बुलेन्स, दमकल, पानीलगायत उद्धार तथा आपत्‌कालीन सेवा  पूर्ण सञ्चालनको तयारीमा राख्न निर्देशन दिइएको छ ।सबै अनावश्यक जमघट, खेलकुद कार्यक्रम वा स्कुलका कार्यक्रम अर्को निर्देशन नभएसम्म निलम्बन गरिएको छ । 

आपत्‌कालीन अवस्थामा सम्भावित आश्रय वा अस्पतालका लागि विद्यालय भवन प्रयोग गरिने जनाइएको छ । चेतावनी प्रणाली सक्रिय गर्न र हवाई खतराबाट जनताको सुरक्षा सुनिश्चित गर्न पनि निर्देशन दिइएको छ। नागरिकहरूलाई शान्त र सतर्क रहन आग्रह गरिएको छ ।

 


२०८२ वैशाख २४ १२:५५ बजे

प्रतिक्रिया