जनसम्वन्ध विस्तार अभियान २०८१\२०८२मा देशका चारस्थान पाँचथरको चियोभन्ज्याङक झापाको काकँरभित्ता कञ्चनपुरको गड्डाचौकी वैतडीको झुलाधाटवाट एकैसाथ २०८१ चैत्र ४ गते शुरु भएर वैशाख १८ गते काठमाण्डौको कुपण्डोलमा चारवटै टोलीको सहभागीता रहि जुलुस प्रर्दशन सहित जनसभा सम्पन्न गर्दै मे दिवशको सन्दर्भ पारेर समापन भएको छ।
जनसम्वन्ध विस्तार अभियानको टोली न.४ को टोली सदस्य रहि अभियानमा प्रत्येक्ष सहभागी भइ अभियानका सकरात्मक पक्षहरुलाई लेखका माध्यमवाट अभिव्यक्त गर्ने प्रयास यस लेखमा गरिएको छ।जनसम्वन्ध विस्तार अभियानका क्रममा जनसभा कोणसभाहरु, भित्तेलेखन,जनभेटघाट,जुलुश प्रदर्शन,श्रमशिविर , अन्तरक्रिया,प्रशिक्षण,पर्चा वितरण, शहिद परिवारहरुसँग भेटघाटगरी सम्मान प्रकट, शहिदहरुको शालिकमा श्रध्दाञ्जली अर्पण, पत्रकार सम्मेलन\ भेटघाट आवश्यकता अनुसार स्थानिय प्रशासन (प्रमुख जिल्ला अधिकार) र जिल्ला स्तरका पार्टीहरुसँग पनि भेटघाट छलफल कार्यक्रम सम्पन्न भएका छन।
अभियानको क्रममा सरदर एक टोलीले एक दिनमा ५ वटा कार्यक्रम गर्दा पैचालिस दिनमा एकटोलीले २२५ वटा र ४ टोलीले ४५ दिनमा करिव ९ सयवटा कार्यक्रम गरेर प्रत्येक्षरुपमा करिव ५ लाख भन्दा वढि जनतासँग सम्वन्ध कायम राख्न सफल भएको छन। अन्य सञ्चार माध्यम पत्रकार सम्मेलन\भेटघाट ,अन्तक्रिया, भित्तेलेखन टि.भि. एफ.एम. रेडियो, सामाजिक सञ्जाल, युटुव अनलाईन तथा प्रिण्ट पत्रिका तथा व्यक्ति-व्यक्तिका माध्यम वाट पार्टीका विचार सँसार भरि छरिएर रहेका करिव चालिस लाख नेपालीहरु भन्दा वढी जनता समक्ष प्रचारात्मकरुमा पुर्याउन अभियान सफल भएको छ।यसले आगामी दिनमा हजारौ हजार जनतालाई सँगठित गर्न सकिने सम्भावनाको आधार तयार पारेको छ।
अभियानका रुडमा परेका जिल्ला, नगर\गाउँ, वार्ड, वस्तीको भुगोलको वनाउट त्यहाका वासिन्दाको जिवनशैली कला सँस्कृति आनीवानी रितिरिवाज चालचलन जिवनस्तर उनीहरु माथी स्थानिय जाली फटाहा दलाल र यिनका एजेण्टहरुले गरेको शोषण अन्याय अत्याचारमा पिल्सिएर जनता कष्टकर एव अन्यापुर्ण जिवन जिउन वाध्यरहेका छन। त्यसलाई सरकारी निकायहरु वार्डकार्यालय, प्रहरी प्रशासन कानुन तथा अदालतले गरेको सँरक्षण तथा दलिय सिण्डिकेटको मारमा सर्वसाधरण जनताको उठिवास कसरी भएकाछन भन्ने कयौ वास्तविक घटना पिडितको मुखारविन्दु वाट सुन्न देख्न हेर्न पाइयो भन्ने कयौ घटनाको प्रत्येक्ष अनुभुति गर्न पनि पाईयो। यसले अभियानको औचित्यता र आवश्यकता लाई अझ वोध गराउनुको साथै जनपरिचालन सहितको अझ उच्चस्तरको वैधानिक तथा अवैधानीक सँघर्षका अभियान सञ्चालनका गर्नका लागी पार्टीलाई प्रेरणा प्राप्त भएको छ।
अध्यारो सगै उज्यालो ओकालोसँग ओरालो अफ्ट्यारो सँगै सजिलो दुःख सँगै सुख हुन्छ भन्ने ध्दन्दात्मक मान्य राख्ने हामी अभियानकर्ताहरुका लागी अभियानको क्रममा आएका सामान्य असजिला अफ्ट्यारा असहजताले नै अभियानलाई सफलतामा पुर्याएको छ। अभियानले आशिकरुपमा जवस मोर्चाका नयाँ सदस्यता वितरण गरेर सँगठन निर्माणका काम गरे पनि मुलतः प्रचारात्मकको काम व्यापकरुपमा भएको छ। यसले देशव्यापी व्यापक सँगठन निर्माणका लागी आधार तयार गरेको छ।अभियानको क्रममा जनताले पार्टी प्रति माया , विश्वास र आशा व्यक्त गर्दै शुभईच्छा पनि प्रकट गरेका छन। हामीहरुले पार्टी एकता गर्दा हामी सँग भएका सवल दुर्वल कार्यशैली तौरतरिका आनीवानी सोचाई वुझाई कार्यपध्दतीहरु विच पनि सँ-सँगै एकताहुन गएको थियो। यसले हामीहरुका विचमा रहेका फरक फरक कार्यशैली पध्दति तौरतरिका आनीवानीहरु पनि थिए। अभियानले अभियान टिमका सदस्यहरु , जिल्लावाट अभियानमा सहभागी भएका नेता कार्यकर्ताहरु सँग सँ- सँगै खादा वस्दा सुत्दा हिड्दा कुराकानी वा विचार भावना आदानप्रदान गर्दा कामरेडहरु विच एक-अर्कालाई चिन्ने वुझ्ने, एक-दोस्रोका ज्ञान सिप कला क्षमता दक्षता अनुभव सिक्ने सिकाउने चिन्ने चिनाउने गरी एक आपसमा अन्तघुलन हुने महत्वपुर्ण काम पनि अभियानले आँशिकरुपमा भएपनि गरेको छ। सामुहिक निर्णय व्यक्तिगत जिम्मेवारी छलफलमा स्वतत्रता कामकुरामा एकरुपता ल्याउनका लागी अन्तघुलनले सकरात्मक भुमिका निर्वाह गरेको पाईन्छ।
जिल्ला –जिल्लामा जे-जस्ता सँगठनका प्रकृति र अवस्था रहेको छ मुलतः सँगठन परिचालित भएको देखिन्छ। पार्टीले क्रान्ति गर्दैन भनि भ्रमित भइ निराश निस्कृय भई पलायनको दिशामा उन्मुख कतिपय सँगठन, व्यक्तिलाई अभियानले व्यवहारतः आशा विश्वास दिलाएर व्यक्ति र सँगठन लाई श्वास उर्जा भरेर जिवन्त तथा चलायवान वनाउन केहि हदसम्म सफल भएको छ।अभियानले पार्टीमा केन्द्र देखि सेल कमिटी संम्म देशव्यापी रुपमा स्कुलिङ र प्रशिक्षणको अभियान सञ्चालन गर्नुपर्ने आवश्यकताको वोध पनि गराएको छ। पार्टीमा नयाँ सदस्य थपिने क्रम जाम भएर वसेको स्थितिमा जवस जातिय क्षेत्रीय र वैधानिक मोर्चाका भेला सम्मेलनहरु यथाशिध्र नगरेमा पार्टीमा नयाँ सदस्य भर्ना गर्ने काम जाम भएर वसेको अवस्थालाई तोड्न र पार्टी वरिपरी हजारौ जनता लाई गोलवन्द गर्न नसकिने भएकोले जवस क्षेत्रिय जातिय र वैधानिक मोर्चाका सदस्यता वितरण, सँगठन निर्माण सँ-सँगै सवै तहका भेला\ सम्मेलन लाई अभियानकै रुपमा अगाडी लिएर जानुपर्ने आवश्यक्ताको वोध अभियानले गराएको छ।
क्रान्तिका लागी क्रान्तिकारी सिदान्त विचार भएर मात्र पुग्दैन क्रान्तिकारी सँस्कृति र चरित्र पनि पार्टीमा हुनु अतिआवश्यक हुन्छ। क्रान्ति कुनै मुठ्ठीभर विरहरुले मात्र संम्पन्न गर्न नसक्ने भएकोले हजारौ लाखौ जनता लाई पार्टी वरिपरि गोलवन्द गर्दै सचेत जनताले मात्र सँघर्ष र क्रान्ति लाई साथ दिदै सफलतामा पुर्याउन सक्छन। क्रान्तिकारी पार्टीका लागी नेता कार्यकर्ता कस्ता हुनुपर्छ भन्ने वारे माओले भनेका छ-कार्यकर्ता र नेताहरु माक्सवाद-लेनिनवादमा पोख्त,राजनितिक दृष्टिकोणले दुरदर्शी,काममा दक्ष,आत्म-वलिदानको भावनाले परिपुर्ण, स्वतत्ररुपले समस्याहरुको हल गर्न सक्ने सामर्थता ,कठिनाई आइपर्दा अडिग , राष्ट्र बर्ग तथा पार्टीको सेवामा समर्पित र इमान्दार हुनपर्छ। पार्टीले यस्ता नेता कार्यकर्ता माथी भरोसा राखेर आम जनता सँग सम्वन्ध स्थापना गर्नसक्छ। आम जनताले यिनै नेता कार्यकर्ता माथी भरोसा गरेर शत्रु लाई पराजित गर्न सक्छ।नेता कार्यकर्ताले स्वार्थीपना, व्यक्तिवादी वीरता, आडम्वर, अल्छिपना, निस्क्रियाता र सँकीर्ण हठीपना वाट मुक्त हुनुपर्छ भनेका छन। (माओका छानिएको रचना भाग-१ पृष्ट-२३१) कार्यकर्ता वारे माओले भनेका यि कुराहरु हामीहरुमा नगन्य मात्रमा छकी भन्ने आशँका अभियानको क्रममा देखिएका केहि घटनाले उव्जाएका छन। यसका साथै नेता कार्यकर्ताको राजनितिक वैचारीक स्तर उठाउन भौतिकवादी दर्शन, विश्वदृष्टिकोण ,पार्टीको कार्यदिशा, विधान, नियमावली क्रान्तिकारी सँस्कृति र सँस्कार, चरित्र ,अनुशासन लगायताका विषयमा पार्टीमा तुरुन्त देशव्यापि सेल देखि केन्द्रिय समिति सम्म योजनावध्द तरिकाले स्कुलिङ र प्रशिक्षण सञ्चालन त्यसपछि पार्टीले निश्चित मापदण्ड वनाएर पार्टी सुध्ढिकरण तथा सुध्दिकरण सञ्चालन गर्नुपर्ने अभियानको क्रममा देखिएका भोगिएका वस्तुगत अवस्थाले यिनको आवश्यकता र अनिवार्यताको दिशावोध गराएको छ। यसका साथ- साथै जनसँघर्षलाई शहर र गाउँका मुद्दाहरु अध्यायन अनुसन्धान विश्लेषण गरेर योजनावध्द रुपमा सँघर्षका सवै स्वरुपहरु लाई आवश्यकता र औचित्यताका आधारमा अवलम्वन गरेर जानुपर्ने जनसम्वन्ध अभियानले शिक्षा सिकाएको छ।
अतः जनसम्वन्ध विस्तारको एउटै अभियानले पार्टी भित्र अन्तघुलन, पार्टीका निति विचार कार्यक्रम दृष्टिकोण ,दलाल सँसदीय व्यवस्थाको भण्डाफोर जनगणतत्रको अपरिहार्यताको प्रचार, सँगठन निर्माण र निर्माणका लागी आधार तयार गर्ने काम, स्थानिय पार्टी कमिटी तथा किसान मजदुर , साना व्यापारीमा क्रान्तिप्रति आशा र उर्जा प्रदान गर्दै आएको छ। देशका फरक-फरक ठाउँ रहेका पौराणिक सम्पदा एव विश्व सम्पदामा सुचिकृत भएका कतिपय पर्यटकीय ठाउँ तथा भारतवाट अतिक्रमित नेपाली भुमीमा पनि भ्रमण अवलोकन तथा निरिक्षण पनि अभियानको क्रममा गर्दै जादा जनताको कला सँस्कृति रिति रिवाज चालचलन मनोविज्ञानको अध्यायन गर्ने अवसर पनि प्राप्त भयो । नेपाल- भारतका सिमानमा रहेका जनताको पिडा पनि हेर्ने वुझ्ने मौका अभियानले प्रदान गर्दै यस्ता पाँच भन्दा वढी महत्वपुर्ण काम गर्न एउटै जनसम्वन्ध विस्तार अभियान सफल भएको छ। यसले निश्चित समयमा पार्टीले कुनै एक काम लाई मुख्यरुपम केन्द्रित भएर तथा अन्य काम लाई सहायक रुपमा निश्चित गरेमा सफल हुन सकिन्छ भन्ने कुरा लाई व्यवहारतः पुष्टि गरेको छ।
(लेखक – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पिविएम तथा ३ न. व्युरो इञ्चार्ज हुनुहुन्छ)
प्रतिक्रिया