रक्सी सेवनले राउटे मुखिया सूर्यनारायण शाहीको ज्यान गयो

bimbonline बिम्ब अनलाइन
२०८२ वैशाख १६ १९:१८ बजे

काठमाण्डौ । जङ्गलमा फिरेन्ते जीवन बिताउँदै आएका राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको ज्यान गएको छ ।

४९ वर्षीय शाहीको गएराति सुर्खेतको बराहताल गाउँपालिका ८ सोतखोलामा रहेको बस्तीमा ज्यान गएको हो । अत्यधिक जाँड–रक्सी सेवनले मुखिया शाहीको ज्यान गएको राउटे समुदायसँग काम गर्दै आएका सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले बताउनुभयो ।

लोपउन्मुख जाती भित्र रहेको राउटे समुदायको यसै गरी रक्सी सेवनका कारणले ज्यान जान थाले पछि यो जातीको अस्तित्व नै  गम्भिर सँकटमा परेको जानकारहरु वताउछन।


२०८२ वैशाख १६ १९:१८ बजे

प्रतिक्रिया