महेन्द्रनगर । कञ्चनपुरको पुनर्वासका एक दम्पती मृत अवस्थामा फेला परेका छन्। पुनर्वास-९ “ख” गाउँ डब्बा कोलनी बस्दै आएको ६८ वर्षीय सबराम भुल र ६६ वर्षीय गंगादेबि भुलको जनजागरण सामुदायिक वन क्षेत्र भित्र झुन्डिएको अवस्थामा शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक झलक शर्माका अनुसार यहीँ बैशाख ११ गते घरमा विवाद भएपछि दम्पतीले घर छोडेका थिए । ससुराली जान्छु भन्दै ११ गते घरबाट निस्किएका उनीहरू घर नफर्किएपछि १२ गते परिवारका सदस्यले हराएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए।
प्रतिक्रिया