देवताको अन्धविश्वासमा गर्यो अकालमा ज्यान

bimbonline बिम्ब अनलाइन
२०८२ वैशाख १२ १८:४३ बजे

बाजुराको बुढीगंगा नदीमा हामफाल्दा ३ जना मध्ये १ जनाको मृत्यु भएको छ। पितृ कार्यका लागि विगत केही दिनदेखि त्रिवेणी नगरपालिका-८ मा रहेको धार्मिक स्थल त्रिवेणीधाम (मौरे त्रिवेणीधाम) मा पुकारमा बसिरहेका खप्तड छेडेदह गाउँपालिका--५ डोगडीका २६ वर्षीय गणेश नेपालीको बुढीगंगा नदीमा डुबेर मृत्यु भएको छ भने ३२ वर्षीया अञ्जली नेपाली र २७ वर्षीय दीपक नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताए।

उनीहरू तीनै जनाले देउता आयो भन्दै नदीमा हामफालेका थिए । अञ्जली र दीपक घाइते अवस्थामा जोगिएको तर गणेशको भने मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुई जनाको अछामको बयालपाटा अस्पतालमा  उपचार भइरहेको छ ।



२०८२ वैशाख १२ १८:४३ बजे

प्रतिक्रिया