डडेल्धुरामा आगलागीबाट एक घर जलेर नष्ट

bimbonline बिम्ब अनलाइन
२०८२ वैशाख १२ १०:४५ बजे

डडेल्धुरा। डडेल्धुरामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ।जिल्लाको परशुराम नगरपालिका-१० दुम्सीजला बस्ने लक्ष्मण बुढाको घरमा बिद्युत सर्ट भई आज बिहान ३ः५० बजे आगलागी भएको हो।

आगलागी हुँदा घर र घर भित्र रहेका खद्यान्न, भाँडाबर्तन, लत्ताकपडा, काठ लगायतका सामान गरी अन्दाजी मुल्य ५ लाख १७  हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 

गर्मी र सुक्कायाममा आगलागीका घटना दिन दिनै वढै गएकाले आगलागीको जोखिम न्युनिकरण गर्न सचेत रहनुपर्ने प्रहरीले जनाएका छन।



२०८२ वैशाख १२ १०:४५ बजे

प्रतिक्रिया