डडेल्धुरामा बस र मोटरसाइकल आपसमा ठोक्किँदा २ जना घाइते

bimbonline बिम्ब अनलाइन
२०८२ वैशाख ९ ०६:२१ बजे

डडेल्धुरा। डडेलधुरामा बस र मोटर साइकल एक आपसमा ठोक्किँदा २ जना घाइते भएका छन्।जिल्लाको गन्यापधुरा गाउँपालिका–१ छब्बिसेमोडमा बस र मोटर साइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले बताएका छन्।

उनका अनुसार काठमाण्डौ बाट बझाङ तर्फ जाँदै गरेको चालक बैतडीको पाटन नगरपालिका–१ बस्ने लक्ष्मणसिंह बिष्टले चलाएको सुदूरपश्चिा प्रदेश ०१००१ ख ३४१५ नम्बरको बस र विपरीत दिशा बाट जादै गरेको चालक बझाङको खप्तडछान्ना गाउँपालिका–२ बस्ने मंगल रावलले चलाएको से ३ प ७६९४ नम्बरको मोटर साइकल एक–आपसमा ठोक्किँदा मोटर साइकल चालक रावल र सोही मोटरसाइकल पछाडी सवार सोही ठाउँका कलक सार्की घाइते भएको जनाइएको छ। घाइते दुबै जनालाइ डडेल्धुरा अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी धनगढी रेफर गरिएको जनाइएको छ। बस चालकलाइ प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ।




२०८२ वैशाख ९ ०६:२१ बजे

प्रतिक्रिया